images
  • काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन १३, मंगलवार १२:४६ गते
    images

    काठमाडौं । काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकहरू नियमति सञ्चालनमा आएका छन् । मंगलबार बिहान ९ बजेसम्मको अवस्थाअनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडक सञ्चालनमा रहेका छन् ।

    यी सडकका केही स्थानमा सडकको अवस्थाका कारण एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको भए पनि अधिकांश स्थानमा भने दुईतर्फी रूपमा यातायात सञ्चालनमा रहेको रहेको छ ।धादिङस्थित कृष्णभीर सडकखण्ड पनि हाल दुवैतर्फबाट सवारीसाधन सञ्चालन भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्