ब्राउन सुगर कारोबार गरेको आरोपमा सशस्त्र प्रहरीले काठमाडौँबाट एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ।
गएराति सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका- ३२ स्थित विश्राम गेष्टहाउसबाट उनीहरूलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा पुगेको एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीले विश्राम गेष्टहाउसको कोठा नम्बर ६ बाट पाँचथरको फालेलुङ- ५ घर भएका ४२ वर्षीय सुन्दर राई र ४२ वर्षकै रविना राईलाई पक्राउ गरेको हो।
ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी वलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बरामद ब्राउन सुगर, २ थान मोबाइल र ४५ सय ५० रुपैयाँ नगदसहित उनीहरूलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको थापाले बताए।


chautaripatrika 














प्रतिक्रिया दिनुहोस्