images
  • लुडो खेलिरहेको बेला पक्राउ परे ‘रारा विजय’ सहकारीका प्रबन्ध निर्देशक दिपक राई

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १०, सोमबार १९:२९ गते
    images
    images
    images

    कोहलपुर, बाँके — रारा विजय बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक दिपक कुमार राई पक्राउ परेका छन्। सोमबार अपराह्न करिब ४ बजे सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई लुडो खेलिरहेको अवस्थामा  कोहलपुरको न्युरोड क्षेत्रबाट नियन्त्रणमा लिएको हो। 

    सहकारीको रकम अपचलन (हिनामिना) कसूरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। 

    यसअघि गत असोज १५ गते इलाका प्रहरी कार्यालय कोहलपुरले एक सूचना जारी गर्दै सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका (देउखुरी) दाङको पत्र जाहेरीका आधारमा उनीमाथि अनुसन्धान भइरहेको जनाएको थियो।

    सोही समयमा प्रहरीले सहकारीका बचतकर्ताहरूलाई आफ्नो बचत रकमको प्रमाणसहित १० दिनभित्र जाहेरी दिन आह्वान समेत गरेको थियो।  प्रहरीले  प्रकरणमा राईलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

    इलाका प्रहरी कार्यालय कोहलपुरले  असोज १५ गते जारी गरेको सूचना।

    इलाका प्रहरी कार्यालय कोहलपुरले असोज १५ गते जारी गरेको सूचना।

    प्रतिक्रिया दिनुहोस्