धनगढीः कैलालीको धनगढीमा २१ वर्षीया कविता जोशी पाठकको मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान् र सासुलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–६, मटियारीस्थित आफ्नै घरको कोठामा कविता मृत फेला परेकी थिइन्।
शव परीक्षणपछि मृतकका ससुरा नाता पर्ने यज्ञराज पाठकले शव बुझेर लगेका थिए। प्रहरीले कात्तिक ९ गते मृतककी सासु कमला जोशी पाठकलाई समेत पक्राउ गरेको जनाएको छ।
यता, माइती पक्षले भने शव समेत हेर्न नदिएर अन्त्येष्टि गरेको गुनासो गरेका छन्। मृतककी भाउजु तुलसी जोशीले नन्दको शव समेत हेर्न नपाएको बताइन्। माइती पक्षले प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।
प्रतिक्रिया दिनुहोस्