images
  • पहिरोले घर पुरिँदा च्यापिएका एक जनाको सकुशल उद्धार

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन १३, मंगलवार ०९:५४ गते
    images

    पर्वत । जलजला गाउँपालिका–७, लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका एक जनाको सकुशल उद्धार गरिएको छ।

    आज बिहान करिब ०५:३० बजे माथिबाट ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा सोही स्थान बस्ने अन्दाजी ६५ वर्षीय आत्माराम आचार्य घरभित्र च्यापिएको अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो।

    उद्धार गरिएका आचार्यको दाहिने आँखाको माथिल्लो भाग र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेका आचार्यलाई थप उपचारका लागि प्रदेश अस्पताल बेनी, म्याग्दी पठाइएको छ।

    प्रतिक्रिया दिनुहोस्