images
  • मुगुमा आगलागी हुँदा दुई घर जलेर नष्ट

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १०, शनिबार १९:०५ गते
    images

    मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी हुँदा दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीमा सिपचन्द्र बुढा र धन बुढाका घर जलेर नष्ट भएका हुन् ।

    आगलागीबाट भएको क्षतिको विवरण संकलन तथा घटनाको मुचुल्का तयार गर्न जिल्ला प्रशासन कार्यालय मुगुले टोली घटनास्थलमा खटाएको जनाएको छ ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारका तर्फबाट पहल गरिने बताए ।

    घटनाको विस्तृत क्षतिको विवरण मुचुल्का तयार भएपछि खुल्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्