गलकोट (बागलुङ), असोज १० गते । बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरुद्ध भएका छन्।
कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत निसीखोला गाउँपालिकामा सडक अवरुद्ध भएको हो। अविरल वर्षाका कारण जैमिनी नगरपालिका–८ छिस्तीको बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक ठप्प भएको छ।
यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आएपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा प्रहरी उपरीक्षक फडिन्द्रप्रसाईले जानकारी दिनुभयो।
दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको बताउँदै प्रसाईले पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको जानकारी दिनुभयो। उहाँले सम्भव भएसम्म यात्रा नगर्न आग्रह गरिएको बताउनुभयो।


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्