images
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३१ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन ८, बिहीबार ११:१३ गते
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६८, सिसिटिभिमार्फत ४०, रातोबत्तीमा १० जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा ४४, हर्न निषेधमा ६, लेन क्रसमा ६, अवस्था ठिक नभएको ५, एकतर्फीमा ५ र अन्यमा १४७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्