images
  • एनपीएलमा आज २ खेल हुँदै, दिउँसो जनकपुर र काठमाडौँ भिड्ने, बेलुका विराटनगर र कर्णालीको भेट

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १३, बिहीबार ०८:०७ गते
    images

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

    त्रिवि क्रिकेट ग्राउन्डमा पहिलो खेल जनकपुर र काठमाडौंबीच हुनेछ । यी दुई बीचको खेल आज दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

    जारी प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल हो । जनकपुर भने यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो ।

    यसैगरी आजै साँझ ५ बजे कर्णाली र विराटनगर बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर किंग्स पनि यसअघि चितवन राइनोजसँग पराजित भएको थियो ।

    जारी प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल हो । जनकपुर भने यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्