images
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३६ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १३, मंगलवार ११:४६ गते
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७७, सिसिटिभिमार्फत ६२, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा ७९, हर्न निषेधमा १५, लेन क्रसमा १२, अवस्था ठिक नभएको १७, एकतर्फीमा ६ र अन्यमा ६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्