images
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो २२८ जनालाई कारबाही

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन १२, सोमबार ११:१२ गते
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २२८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा ६ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, हर्न निषेधमा १ जना, अवस्था ठिक नभएको १, एकतर्फिमा २ र अन्यमा ७५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्