• सुधन गुरुङ गृहमन्त्री, समातिएलान् ओली ?डीपी सभामुख स्वर्णिम अर्थमन्त्री बन्दै

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र १३, शुक्रबार १०:४५ गते
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । रास्वपा संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।
    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । रास्वपा संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा बालेन प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

    उनी नेतृत्वको मन्त्रिपरिषद्मा सुदनलाई महत्वपूर्ण र बलियो मानिने गृहमन्त्रालय दिन लागिएको हो ।

    रास्वपाका नेता एवं सांसद स्वर्णिम वाग्लेको नाम अर्थमन्त्रीका रूपमा टुंगो लगाइएको स्रोतको भनाइ छ ।
    स्रोतका अनुसार, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, प्रतिभा रावलको नाम संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा टुंगो लगाइएको छ ।

    रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई प्रतिनिधिसभाको सभामुख बनाउने टुंगो लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्