• श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन ३०, शनिबार १६:०८ गते
    images

    हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसद टुङ्ग्याएको छ ।

    फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ । जसअनुसार ४ जना सांसद पाएको छ ।

    श्रम संस्कृति पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसद टुङ्गो लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस्