• एमालेले समानुपातिक सांसदको नाम टुंग्यायो

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन ३०, शनिबार १६:०२ गते
    images

    काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको लागि अन्तिम सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुमा बसेको पार्टी सचिवालय बैठकमा १६ जनाको नाम सिफारिस गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
    भट्टले भने, ‘सचिवालय बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको थियो । अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक भएको कारणले बैठकको अध्यक्षता गर्न सक्नुभएन । बैठकमा दुई प्रस्ताव छलफलका लागि प्रस्तुत थिए । एउटामा समानुपातिक सांसदको निर्णय र अर्को शोक प्रस्ताव । क्लस्टर अनुसार समानुपातिक सांसदको नामहरु यसै निर्णयअनुसार सिफारिस गरिएको हो ।’
    एमालेले समानुपातिकबाट १६ सीट जितेको छ ।
    यी हुन् समानुपातिक सांसदहरु
    जनजाति (४ जना)
    महिला :
    भूमिका सुब्बा
    गंगादेवी श्रेष्ठ
    पुरुष :
    रामबहादुर थापा मगर
    कुलभक्त शाक्य
    खस आर्य (५ जना)
    महिला :
    पद्मा अर्याल
    टुकाभद्रा हमाल
    एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
    पुरुष : गुरु प्रसाद बराल, पुष्पराज कंडेल
    थारु (१ जना)
    कृपाराम राणा (पुरुष)
    दलित (२ जना)
    महिला :
    विष्णुमाया वि.के.
    नीता घतानी
    मधेसी (३ जना) महिला
    महिला :
    रिङ्गला यादव
    यशोधा कुमारी यादव
    पुरुष :
    चन्द्रेश्वर मण्डल (पुरुष)
    मुस्लिम
    महिला :
    साजिदा सिद्दीकी ।

    प्रतिक्रिया दिनुहोस्