राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिमसम्बन्धी चेतावनीलाई मध्यनजर गर्दै गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न र नगराउन अत्यन्त जरुरी सूचना जारी गरेको छ।
विभागले आगामी कार्तिक १२, १३ र १४ गतेसम्म पर्यटकहरूलाई उच्च पहाडी र हिमाली क्षेत्रमा नजान तथा त्यसतर्फ गइसकेकालाई सुरक्षित स्थानमा मात्र बस्न कडा निर्देशन दिएको छ। साथै, उक्त अवधिमा सम्भावित मानवीय क्षति जोगाउन निषेधित क्षेत्रमा पदयात्राका लागि अनुमति लिएका पदयात्रीहरूलाई समेत यात्रा स्थगित गर्न भनिएको छ।
थप जोखिम न्यूनीकरणका लागि विभागले आजैको मितिबाट लागु हुने गरी उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित क्षेत्रमा जाने सम्पूर्ण पदयात्रा अनुमतिपत्र (Permit) जारी गर्न रोक लगाएको छ।
विभागले ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शक (गाइड) लगायत सम्पूर्ण सरोकारवालाहरूलाई यो आपतकालीन सूचनाको कडाइका साथ पालना गर्न र गराउन चेतावनीयुक्त अनुरोध गरेको छ।


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्