नेकपा एमालेका सचिव महेश बस्नेतले उच्चस्तरीय अमेरिकी अधिकारीहरूको नेपाल भ्रमणलगत्तै प्रधानमन्त्री बालेन्द्र शाह बालेनबाट भएको मुस्ताङ भ्रमणलाई गम्भीर र शंकास्पद रूपमा टिप्पणी गर्दै प्रश्न उठाएका छन । कूटनीतिक र भू-राजनीतिक दृष्टिले संवेदनशील मानिएको मुस्ताङ क्षेत्रमा भएको उक्त उच्चस्तरीय भ्रमणको वास्तविक उद्देश्यबारे नागरिक तथा संसद्मा स्पष्ट पार्नुपर्ने धारणा उनले राखेका हुन । विदेशी नियोगका अधिकारीहरूसँगको संवाद र त्यसलगत्तै हिमाली क्षेत्रमा भएको यो गतिविधिले अनेकौँ आशङ्का उब्जाएको भन्दै नेता बस्नेतले राज्यको तर्फबाट पारदर्शी जवाफ आउनुपर्ने माग गरेका छन ।
बस्नेतका अनुसार विदेशी कूटनीतिज्ञ अधिकारीहरूसँगको भेटघाट र त्यसपछि सरकारी तवरबाट हुने यस्ता उच्चस्तरीय भ्रमणहरूमा उच्च पारदर्शिता र राष्ट्रिय हितको स्पष्टता हुनु अनिवार्य छ । कुनै पनि आन्तरिक वा बाह्य मामिलामा राष्ट्रिय सुरक्षा तथा कूटनीतिक मर्यादाविपरीतका सम्झौता र गतिविधिहरू हुनुमा जोड दिँदै उनले भ्रमणको अन्तर्य के हो र यसमा कस्ता विषय समेटिएका छन भन्नेबारे तथ्य बाहिर ल्याउन सरकारसँग आग्रह गरेका छन ।
उक्त भ्रमण सार्वजनिक चासो र कूटनीतिक बहसको विषय बनिरहेका बेला एमाले नेता बस्नेतले यसलाई राजनीतिक तथा राष्ट्रिय सुरक्षाको दृष्टिकोणले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन । सरकारी भ्रमणका नाममा हुने कुनै पनि निर्णय र गतिविधिहरू जनता र संसद्भन्दा बाहिर राख्न नमिल्ने उल्लेख गर्दै उनले यस प्रकरणको सत्यतथ्य छानबिन र वास्तविक पाटो तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।



Bishnu GC 




















प्रतिक्रिया दिनुहोस्