बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्वपश्चिम राजमार्गमा २ वटा कार आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बा प्र ०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलाली धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीलाई उपचारका क्रममा १०:०८ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।
सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ भने घाइते कार चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ।
त्यस्तै, बा प्र ०१–०३० च ८४९६ नम्बरको कारमा सवार दाङ घोराही उपमहानगरपालिका–७ बस्ने ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
८४९६ नम्बरको कारका चालक दाङ घोराही उपमहानगरपालिका–७ सौरियार बस्ने करिब ४० वर्षीय सम्राट नाथ योगीलाई चोटपटक नलागेको र इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ ।


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्