• images

    पाकिस्तानका गल्लीबाट दुबईका महलसम्म, कसरी बन्यो ‘छोटे भाइ-बडे भाइ’को अर्बौँको साम्राज्य?

    images

    भनिन्छ, सपना उसैको पूरा हुन्छ, जसले सपना देख्छ र त्यो सपना साकार पार्न दिनरात एक गरिदिन्छ। यो भनाइ संयुक्त अरब इमिरेट्स (युएई) मा ‘जमजम इलेक्ट्रोनिक्स’ ब्रान्ड खडा गर्ने चार पाकिस्तानी भाइहरूको जीवनसँग दुरुस्तै मेल खान्छ।  यो कथा कुनै भाग्यको खेल होइन, यो एउटा मध्यमबर्गिय पारिवारिक पृष्ठभूमिबाट आएका दाजुभाइले आफ्नो सपनाका लागि गरेको  सङ्घर्ष, रणनीतिक सोच र कडा परिश्रमको परिणाम हो।

    यो यात्राको सुरुआत पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने गुजरात शहरको एउटा मध्यमवर्गीय परिवारबाट हुन्छ। जुन घरमा  चार भाइहरू— मिर्जा फारुक बेग, रउफ बेग, अब्दुल गफुर र मुहम्मद शकूरको जन्म हुन्छ । चार भाई मध्य तपाई हामिले चिनेका बडे भाई भाइ अब्दुल गफुरको जन्म १० अक्टोबर १९९४ मा भएको थियो भने छोटे भाई मुहम्मद शकूरको जन्म सन् २० फेब्रवरी २०००मा भएको हो। भिडियोहरूमा हेर्दा उनीहरू उस्तै-उस्तै देखिए तापनि बडे भाइ र छोटा भाइ बीच लगभग ६ बरषको उमेर अन्तर छ।

    छोटेभाई बडे भाईका बुवा नवाज  एक धार्मिक व्यक्ति हुन, जसले आफ्नो अधिकांश समय मस्जिदमा नमाज पढ्न, इबादत (प्रार्थना) गर्न र मानिसहरूलाई धार्मिक शिक्षा दिनमा बिताउछन। तर  नवाजले सीमित आर्थिक स्रोतका बीच पनि आफ्ना छोराहरूलाई  भने राम्रो कम्प्युटर विज्ञान जस्ता विषयमा उच्च शिक्षा भने दिलाए।

    कलेज पढ्दै गर्दा यी चारै दाजुभाइको मनमा अरू कसैको कम्पनीमा नोकरी गर्ने सोच कहिल्यै आएन। विभिन्न अन्तर्वार्ताहरूमा उनीहरूले खुलाएअनुसार, उनीहरू आफ्नै मिहिनेतमा एउटा पारिवारिक व्यवसाय सुरु गर्न चाहन्थे।

    त्यसैले  जेठा दाजु मिर्जा फारुक बेगले पाकिस्तानको गुजरात शहरमै मोबाइल र कम्प्युटरको पसल सुरु गरेका थिए, जहाँ अरू दाजुभाइले पनि काम र व्यापारको व्यावहारिक अनुभव बटुले।

    पाकिस्तानमा केही वर्ष सफलतापूर्वक पसल चलाएपछि  नयाँ अवसरहरूको खोजी गर्दै फारुक भिजिट भिसामा दुबई पुगे।

    दुवईको मीना बजारका मोबाइल पसलहरूमा सेल्सम्यानका रूपमा काम गर्दै स्थानीय बजार, थोक व्यापार र कानुनी प्रक्रियाको बारमा बुझे । ब्यापारको भित्री रहस्य बुझिसकेपछि उनले आफ्नै पसल खोल्ने निर्णय गरे। युएईको तत्कालीन कानुनी बाध्यता अनुसार विदेशी नागरिकले व्यापार दर्ता गर्दा स्थानीय प्रायोजक अनिवार्य चाहिने भएकाले, उनले एक स्थानीय अरबी प्रायोजकको सहयोगमा  मीना बजारमा पसल दर्ता गरे। त्यसपछि फारुकले आफ्ना दुई भाइहरू— रउफ बेग र अब्दुल गफुरलाई पनि दुबई बोलाए।

    अचम्मको कुरा के भने, आज विश्वभरजमजमनामले चिनिने यो पसलको नाम सुरुमा जमजम थिएन!  उनीहरूले सुरुमा पसलको नाम अवद अल केत्बी मोबाइल्स एन्ड कम्प्युटर्स राखेका थिए।   पसल खोले पनी सोचेजस्तो सहज भएन। सुरुका दिनहरू उनीहरूका लागि निकै कठिन र सङ्घर्षपूर्ण रहे। मीना बजारमा पहिलेदेखि नै स्थापित पुराना र ठूला भारतीय तथा अरबी व्यापारीहरूको वर्चस्व थियो। नयाँ पसल भएकाले मान्छेहरू उनीहरूलाई विश्वास गर्दैनथे। सुरुका केही महिना ग्राहक नै नआउने, आए पनि सामान हेरेर पुराना पसलतिरै जाने समस्याका कारण उनीहरू ठूलो घाटा ऋणको दबाबमा पररन थाले । दुबईको चर्को खर्चका बीच ३ भाइलाई टिक्न हम्मे-हम्मे पर्न थाल्यो।

    स्थापित व्यापारीहरूसँग  प्रतिस्पर्धा गर्न नसकेपछि उनीहरूले एउटा जोखिमपूर्ण उपाय अपनाए ,सामानमा नाममात्रको नाफा राख्ने सस्तोमाबेच्ने।  सामानमा अन्य व्यापारीले ५० वा १०० दिरहाम नाफा राख्दा उनीहरूले १० देखि  ३०,४० दिरहाम मात्र नाफा राखेर बेच्न थाले। यही सस्तो मूल्य र इमानदार व्यवहारका कारण बिस्तारै मजदुर वर्ग र साना ग्राहकहरूको भीड उनीहरूको पसलमा लाग्न थाल्यो र व्यापारले गति लियो। व्यवसाय फस्टाउँदै गएपछि उनीहरूले पसललाई विस्तार गरेर ठूलो रूप दिदै गए    नाम परिवर्तन गरी ‘जमजम इलेक्ट्रोनिक्स’ राखे।

    इस्लाम धर्ममा ‘जमजम’ मक्कामा रहेको पवित्र कुवा र त्यसबाट प्राप्त हुने पानीको नाम हो। मुस्लिम समुदायमा जमजमको पानीलाई अत्यन्त पवित्र  मानिन्छ। यही पवित्र नामलाई आफ्नो व्यवसायसँग जोडेका हुन ।  व्यापारले राम्रो लय समातिरहेकै बेला सन् २०१९  डसेम्बरमा मा कोरोना महामरी आयो जस्ले बिशको अर्थतन्त्रमा ठुलो संकट निम्त्यायो । कयौ ब्यापारब्यबसायहरु धरापमा परे ।

    तर यही सङ्कट नै  जमजम दाजुभाईहरुको भने जीवनको सबैभन्दा ठूलो अवसर बन्यो। लकडाउन खुकुलो भएपछी र  सन २०२०को जुन महिनामा मुहम्मद शकूर (छोटे भाइ) पनि दुबई आइपुगे।

    कोरोनाका कारण ब्यापार मन्द  थियो , छोटेभाईले  ‘बडे भाई’ अब्दुल गफूर सँग पसलको प्रचार सामाजिक सञ्जाल टिकटक युटुब मार्फत नयाँ शैलीमा गर्ने योजना उनले सुनाए । उनी आफैँ सिर्जनशील भएकाले उनले ग्याजेट्सको जानकारीलाई कमेडी र ड्रामा मिसाएर छोटो भिडियो बनाउने कन्सेप्ट ल्याए र अब उनीहरू  टिकटक, इन्स्टाग्राम र युट्युबमा सक्रिय भए।

    भिडियो बनाउँदा अब्दुल गफुर (बडा भाइ) र मुहम्मद शकूर (छोटा भाइ) पसलको सेल्सम्यानको भूमिका निभाउँदै अगाडि देखिन्थे। अब्दुल गफुरको गम्भीर तर आत्मीय शैली र मुहम्मद शकूरको चकचके र उच्च ऊर्जावान् रूप भिडियोमा  बिस्तरै जम्न थाल्यो । अझ रोचक कुरा के भने, भिडियो सुरु हुनेबित्तिकै पछाडिबाट निकै ऊर्जावान् स्वरमाछोटे भाइ, बडे भाइ! आज क्या अफर है?” भनेर कराउने मान्छे अरू कोही नभएरउनीहरूका दुई ठूला दाजुहरू मिर्जा फारुक बेग रउफ बेगनै हुन्थे त्यतिबेलाका उनिहरुका भिडियोमा ।

    भिडियोमा फोन भुइँमा फ्याँकेर त्यसको बलियोपन देखाउने, पानीमा चोपेर वाटरप्रूफ टेस्ट गर्ने, मूल्यमा ठूलो छुट दिने र दुबईमा काम गर्ने  मजदुरहरुलाई  उपहार बाँडेका भावनात्मक भिडियोहरू पनि  पोस्ट गर्न थाले। व्यापारलाई मनोरञ्जन र सामाजिक सेवामा जोड्ने यो तरिका इन्टरनेटमा डढेलोझैँ फैलिन थाल्यो।

    यसपछि उनीहरूले सोसल मिडियामा डिजिटल इतिहासकै अचम्मलाग्दो कीर्तिमान रचे। उनीहरू स्वयंले आफ्ना पोडकास्टहरूमा खुलाए अनुसार, सन् २०२२ २०२३ को बीचमा केवल एकै वर्षभित्र उनीहरूले युट्युबमा ४५ मिलियन (साढे करोड) भन्दा बढी सब्स्क्राइबरहरू जोड्न सफल भए। उनिहरु मध्यपूर्वका चर्चित उद्यमी र सोसल मिडिया  ब्रान्ड बने , नेपाल , भारत पाकिस्तान जस्ता देशहरुमा उनिहरुका भिडियो अत्याधिक रुपमा भारल हुन थाले। यो युट्युबको इतिहासमै कुनै पनि व्यापारिक ब्रान्ड वा क्रिएटरका लागि अभूतपूर्व र कीर्तिमानी थियो।

    सामाजिक सञ्जालमा यति ठूलो सफलता र जनसागर कमाएछपछि अब बलिउड देखि पाकिस्तानी सिनेमाका थुप्रै चर्चित  सेलिब्रेटीहरू उनीहरूसँग नजिक हुन थाले र  पसलमा आउन थाले उनिहरुको चर्चा झनझन चुलिदै गयो।  एउटा रोचक कुरा  तपाईहरुले याद गर्नु भएको छ ? उनिहरुको पसलमा ठुला ठुला पुरुष शेलिब्रेटि पुगेको भिडियो देखिपनि महिला शेलिब्रेटिसंग उनिहरुको एउटा पनि भिडियो छैन ।  यसको पछाडी एउटा कारण छ ।

    यी दाजुभाइहरू मूल रूपमा पाकिस्तानको परम्परागत मुस्लिम परिवारबाट हुन्। इस्लाम धर्ममा मनोरञ्जन वा व्यवसायिक प्रचारका महिला र पुरुष सँगै बसेर हाँसो-ठट्टा गर्ने कुरालाई परम्परागत परिवारहरूमा उपयुक्त मानिँदैन। उनीहरू आफ्नो भिडियोलाई पूर्ण रूपमा इस्लामिक र सांस्कृतिक मूल्य-मान्यता भित्र राख्न चाहन्छन्। अझ अर्को ध्यान खिच्ने कुरा के छ भने, भाइहरू आफू विश्वभर ‘डिजिटल स्टार’ बने पनि उनीहरूको सिङ्गो परिवार भने सामाजिक सञ्जालको यो चमकधमक भीडबाट पूर्ण रूपमा टाढा सादगीमा छ।

    हालको कुरा गर्नेहो भने जमजम ईलेक्ट्रोनिसको युट्युब च्यानलमा कुल ८ करोड ५० लाखभन्दा बढी सब्स्क्राइबर छन।  यसबाहेक टिकटकमासाढे करोड र इन्स्टाग्राममा करोडभन्दा बढी फलोअर्स छन्।  आज जमजम इलेक्ट्रोनिक्स साधारण पसलमा मात्र सीमित छैन। हिजो दुबईको एउटा सानो गल्लीमा सामान बेच्न सङ्घर्ष गरिरहेका दाजुभाई आज विश्वकै ठूला डिजिटल स्टार र अर्बपति  व्यवसायी बनेका छन्।

    दुबई घुम्न जाने विश्वभरका पर्यटकहरूका लागि उनीहरूका स्टोरहरू एउटा मुख्य पर्यटकीय आकर्षणनै बनेका छन्। मानिसहरू सामान किन्नभन्दा पनि छोटेभाई बडेभाईलाई  भेट्न, फोटो खिच्न र त्यो उत्साहजनक माहौल अनुभव गर्न घण्टौँ लाइनमा उभिन्छन्।

    मोबाइल व्यापारको अपार सफलतापछि उनीहरूले दुबईका बिभिन्न स्थानमा  ८ वटा भन्दा बढी विशाल इलेक्ट्रोनिक्स स्टोरहरू  खोलेका छन्।  त्यसपछि जमजम पर्फ्युम्स नामबाट आफ्नै लक्जरी अत्तर ब्रान्ड बजारमा ल्याए, जसका आउटलेटहरू नेपाल, पाकिस्तान लगायतका देशहरूमा पनि विस्तार भइरहेका छन्। यसका साथै उनीहरूले जमजम प्रोपर्टीज मार्फत दुबईका लक्जरी पेन्टहाउस, फ्ल्याट र भिलाहरूको खरिद-बिक्री गर्ने अर्बौँको रियल स्टेट व्यवसाय पनि सफलताका साथ चलाइरहेका छन्।

    अहिले उनीहरूको  सम्पत्ति १०० मिलियन अमेरिकी डलर (करिब १३ देखि १४ अर्ब नेपाली रुपैयाँ) भन्दा माथि पुगिसकेको अनुमान गरिन्छ।  ऋण खोजेर दुबई पुगेका र सुरुआतमा टिक्न धौ-धौ परेका यि दाजुभाई  आज  विलासी गाडीहरू  चढ्छन्, आलिशान बंगलामा बस्छन् र आफ्नै निजी याटहरूमा समय बिताउँछन्।

    हाल यो व्यवसायलाई चारै भाइले मिलेर सम्हालेका छन्— जसमा मिर्जा फारुक बेग मुख्य योजनाकार, रउफ बेग सीईओ  अनि अब्दुल गफुर (बडे भाई) र  मुहम्मद शकूर (छोटे भाई ) ब्रान्डका मुख्य अनुहार हुन्।

    आफ्नो व्यापारलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने क्रममा जमजम ब्रदर्स हालै नेपालको काठमाडौँ पनि आइपुगेका थिए। उनीहरूले काठमाडौँको सुन्धारामा रहेको सिभिल मलमा आफ्नो नयाँ सुगन्ध ब्रान्ड जमजम पर्फ्युम्स नेपाल को औपचारिक उद्घाटन गरेका छन्, जहाँ उनीहरूलाई भेट्न हजारौँ नेपाली फ्यानहरूको भीड लागेको थियो।

    प्रतिक्रिया दिनुहोस्