पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएकाे सर्वोच्च अदालतको अवलोकन गरेकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार जेनजी आन्दाेलनका क्रममा आगलागीबाट अदालतमा भएको क्षतिको अवलोकन गरेकी हुन्। यसअघि संघीय संसद भवन र सिंहदरबारभित्र रहेका क्षतिग्रस्त मन्त्रालयकाे समेत अनुगमन गरेकी थिइन्।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा सर्वोच्च लगायत सरकारी तथा निजी संरचनामा क्षति पुगेको थियो।


Bishnu GC 

















प्रतिक्रिया दिनुहोस्