images
  • क्रिस्टियानो रोनाल्डो बने २ अर्ब डलर कमाउने विश्वकै पहिलो सक्रिय खेलाडी

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १३, बिहीबार १७:३७ गते
    images

    पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले खेल इतिहासमै नयाँ कीर्तिमान रचेका छन्। खेल जीवनमा सक्रिय रहँदै २ अर्ब अमेरिकी डलर (करिब २ खर्ब ६८ अर्ब नेपाली रुपैयाँ) भन्दा बढी कमाइ गर्ने उनी विश्वकै पहिलो खेलाडी बनेका छन्।

    अन्तर्राष्ट्रिय म्यागजिन फोर्ब्सका अनुसार मैदानभित्रको तलब र मैदानबाहिरका व्यावसायिक सम्झौताहरू जोडेर रोनाल्डोले यो ऐतिहासिक वित्तीय आँकडा पार गरेका हुन्। साउदी क्लब अल नासरबाट वार्षिक २० करोड डलरभन्दा बढीको सम्झौता, नाइकीसँगको आजीवन अनुबन्ध र आफ्नै ‘CR7’ ब्रान्डको आम्दानीले उनलाई यो उचाइमा पुर्‍याएको हो।

    योसँगै रोनाल्डोले गोल्फका टाइगर वुड्स र अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई समेत पछि पार्दै खेल जगतकै सर्वाधिक कमाइ गर्ने खेलाडीको रेकर्ड बनाएका छन्।

    प्रतिक्रिया दिनुहोस्