• images

    जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन : माधव नेपाल

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १६, बुधबार १६:३३ गते
    images

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले भदौ २४ गतेको घटनामा तोडफोड गर्ने तोडफोडकारीको पहिचान भएपनि कारबाही नभएको बताएका छन्।

    नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले २४ गतेको घटना अत्यन्तै आपत्तिजनक भए पनि घटनामा सहभागि मानिसको पहिचान भए पनि कारबाही नहुनु झन् बढी गम्भिर विषय भएको बताए।

    उनले यस्तो कामले सरकारमाथि पनि प्रश्न खडा भएको भन्दै प्रधानमन्त्रीको ध्यान आकर्षण गरेका छन्।

    उनले भने, ‘२४ गतेको घटना जुन भएको छ। त्या अत्यन्तै आपत्तिजनक र दण्डनीय छ। म प्रधानमन्त्रीलाई भन्न चहान्छु त्यसप्रति सरकार गम्भिर देखिएन, उद्धार देखिएको छ। यो उद्धार देखिनु धेरै नै गम्भिर कुरा पनि हो। भिडियोले देखाइ रहेको छ, तोडफोड गर्ने तोडफोडकारी को को हुन् थाहा भइरहेको छ तर गिरफ्तार हुँदैनन्, दण्डित हुँदैनन्। चोरी गरेर लगेर राखेको छ, चोरीको सामान देखिएको छ तर त्यसलाई कुनै सजाय दिइँदैन।’

    यस्तै, उनले दुई तिहाई सरकार छ भनेर स्थायित्व आयो भन्ने अवस्था पनि नरहेको भन्दै यसले घमण्डि नेताहरू, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिको विकास र नीतिको निरन्तरतामा समस्या खडा गर्ने प्रवृत्ति बढ्ने बताए।

    वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने कुराको साथै केही संरचनामा सुधारमा समय दिनुपर्ने रहेको पनि उनको भनाई छ।

    प्रतिक्रिया दिनुहोस्