images
  • निकोलसको स्वास्थ्यमा समस्या, लगियो वीर अस्पताल

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १६, बुधबार १५:४७ गते
    images
    images
    images

    विभिन्न माग राख्दै अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ।

    काठमाडौंको माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा भुसाललाई उपचारका लागि वीर अस्पताल लगिएको हो।

    भुसालको स्वास्थ्यमा समस्या भएपछि चिकित्सकको टोलीले माइतिघरमा स्वास्थ्य अवस्थाको जाँच गरेको थियो। जाँचका क्रममा थप उपचार आवश्यक देखिएपछि भुसाललाई अस्पताल लगिएको संघले जनाएको छ।

    जेनजी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगायतका माग राख्दै भुसाल अनसनमा बसेका हुन्।

    प्रतिक्रिया दिनुहोस्