images
  • त्रिपुरेश्वरमा बसमा आगलागी : छानविन समिति बन्यो

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन ५, सोमबार २०:१९ गते
    images

    त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो ।

    बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । समितिलाई पाँच दिनको समय दिइएको छ ।

    सोमबार दिउँसो साढे १२ बजेतिर भक्तपुरबाट थानकोट जाने क्रममा बसमा आगलागी भएको हो ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन् । उनलाइ उपचारका लागि बर्न अस्पताल कीर्तिपुर लगिएको सुवेदीले बताए । उनको अवस्था गम्भीर छ ।

    गाडीमा आगो लाग्नुको कारण खोजी भइरहेको एसपी सुवेदीले बताए ।

    साथै एक प्रत्यक्षदर्शीका अनुसार बस आगलागी भएको देखिएपनि कारण खुल्न सकेको छैन् ।

    कसरी आगलागी भयो भन्नेबारे थाहा नभएको ति प्रत्यक्षदर्शीले नेपाल न्यूज बैंकसँग बताए ।

    ड्राइभरको सिट नजिकैबाट आगलागी भएको देखिएको उनले बताए । आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरणसमेत आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्