images
  • नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्दै, कुन सवारीले कति तिर्नुपर्छ ?

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १३, बिहीबार १०:२७ गते
    images

    काठमाडौं- नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको उल्लेख छ ।

    सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम उक्त शुल्क सङ्कलन प्रारम्भ गर्न लागिएको आयोजनाले जनाएको छ ।

    सूचना अनुसार सवारीसाधनलाई चार वर्गमा वर्गीकरण गरी काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट प्रस्थान गर्ने सवारीका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ । (कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी) काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ लिने निर्णय गरेको छ ।

    (मिनी बस, मिनी टिपररट्रक) काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ८० रुपैयाँ लिने छ । (बस तथा सिङ्गल रियर एक्सेल भएका ट्रक) काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा २०० लिने भएको छ । मल्टी एक्सेल ट्रकरसवारी साधन र भारी उपकरण काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा २५० लिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्