• images
    images

    सानीभेरीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ घाइते

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २८, आईतवार १७:४६ गते
    images
    images
    images
    images

    रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

    कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । चार जना गम्भीर घाइते छन् भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    सानीभेरी–६ का वडाध्यक्ष पहलसिंह घर्तीका अनुसार मृतकमध्ये एक जना जिप चालक र अर्की एक महिला छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । जिपमा ११ जना सवार रहेको र जिपका साहु बलबहादुर पुनसहित नौ जना घाइते भएको उहाँले बताउनुभयो ।

    घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ भने जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्