• images
    images

    स्याङजाको गल्याङमा जिप दुर्घटना : २ जनाको मृत्यु,१० घाइते

    • chautaripatrika chautaripatrika
    • २०८३ भाद्र ८, सोमबार १९:५० गते
    images
    images
    images
    images

    स्याङजा : गल्याङ नगरपालिकामा सोमबार साँझ जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भने चालकसहित १० जना घाइते भएका छन्। मृत्यु हुनेको पहिचान खुल्न नसकेको बताइएको छ।

    गल्याङ नगरपालिका–८ देखि वडा नं.९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बलेरो जिप भित्री सडक खण्डको उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटना हुँदा २ जना घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य १० जना घाईते भएको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

    दुर्घटना लगत्तै स्थानीय र प्रहरीको सहयोगमा चालकसहित घाइते १० जनालाई उपचारका लागि अस्पताल पठाएको छ। इलाका प्रहरी कार्यालय गल्याङबाट ट्राफिक प्रहरीसहित ७ जनाको टोली र  वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायव उपरीक्षक प्रताप पौडेलको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएर उद्धार गरेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्