• images

    कारागारबाट भागेका कैदी पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण ३१, शनिबार १८:४९ गते
    images

    तीन दिन अघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् ।
    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापा जिल्लाको बिर्तामोड नगरपालिका १०, बिराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जानकारी दिए ।
    जबरजस्ती करणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ । जबरजस्ती करणी कसूरमा १३ बर्ष कै्रद सजाय पाएका खत्रीले एक बर्ष कैद भुक्तान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्