नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल सुरु भएको छ । लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
उद्घाटन खेलमा यो समाचार तयार पार्दासम्म सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट पनि गुमाएको छ । लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले तेस्रो संस्करणको एनपीएलको उद्घाटन गरेपछि खेल सुरु भएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसँगै शिक्षामन्त्री सस्मित पोखरेललगायतको उपस्थिति रहेको थियो ।
लुम्बिनीले रोहित पौडेलको कप्तानीमा प्लेइङ ११ सार्वजनिक गरेको छ । उनीसहित आसिफ शेख, डार्सी शट, शामिम हुसेन, डिकवेला, सन्दिप जोरा, दिलिप नाथ, श्याडली, शेर मल्ल, किशोर महतो र तिलक भण्डारीले खेल्नेछन् ।
त्यसैगरी सुदूरपश्चिमले लुम्बिनीविरुद्ध दीपेन्द्र सिंह ऐरीको कप्तानीमा सेफ जैब, विनोद भण्डारी, ब्रान्डन म्याकमुलेन, आरिफ शेख, ईशान पाण्डे, शर्फेन रदरफोर्ड, स्कट कुग्लेइन, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहोरालाई उतारेको छ ।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्