• ‎गृहमन्त्रीको ७ दिने अ’प्रेसन राजनीतिलाई तिन तिर नच्चाइरहेका केपी शर्मा ओली देखि खुङ्खार बिचौलिया दीपक भट्टसम्म प्रहरी खोरमा

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र २१, शनिबार १४:३२ गते
    images

    ‎नेपाली राजनीतिकको वृत्तमा पछिल्लो समय विभिन्न भ्रष्टाचारका काण्डहरूमा शक्तिशाली व्यक्तिहरूमाथि भइरहेको छानबिन र अनुसन्धानले भ्रष्टहरूको मुटुको ढ्याङ्ग्रो नमज्जाले बजेको छ।राज्यले निष्पक्ष रूपमा कारबाही प्रक्रिया अघि बढाउँदा भ्रष्टहरूलाई लुक्न गाह्रो भइरहेको छ।बालेन शाह नेतृत्वमा सरकार बनेको र गृहमन्त्रीको जिम्मा सुदन गुरुङले सम्हालेको पहिलो सातामै कुशासनकारीमाथि सुशासनको डण्डा बर्सिनथालेको छ ।
    ‎सुधन गुरुङले गृहमन्त्रीको जिम्मेवारी सम्हालेको आज सात दिन भएको छ । उनले सात दिनमा ७ वटा भीआइपी व्यक्तीहरुलाई पक्राउ गरेर प्रहरीको खोरमा पुर्याएका छन् ।गृहमन्त्री भएकै २४ घण्टा नबित्दै मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रहरीले पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई २०८२ चैत १५ गते उनीहरूकै निवासबाट पक्राउ गरेको थियो।

    ‎‘जेनजी’ आन्दोलनका क्रममा भएको मानवीय क्षतिको घटनामा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ आरोपमा अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।गौरीबहादुर कार्की नेतृत्वको २३ र २४ भदौको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।
    ‎उक्त आयोगको प्रतिवेदन कार्यान्वय गर्ने निर्णय सरकारले गरेलगत्तै ओली, लेखक पक्राउ परेका थिए । त्यसै दिन अर्का उच्च पदस्थ व्यक्ति पक्राउ परे । नेकपा एमालेका कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परे । बलात्कार सम्बन्धी कसुरमा मल्ललाई चैत १५ गते नै पक्राउ परे।यसअघि, मुगु घर भएका एमालेका प्रदेश सदस्य मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी थिइन् । बालकुमारीको एक होटलमा आफूलाई मल्लले बलात्कार गरेको उनको आरोप थियो। पीडितले सुरुमा भ्रुणहत्या गरेको सम्बन्धी जाहेरी ल्याएकी थिइन् भने पछि उनले बलात्कारको जाहेरी ल्याएकी थिइन्। पीडित महिला कालिकोटकी स्थानीय हुन् ।उनीहरु तीन जना पक्राउ परेको भोलिपल्ट १६ चैतमा कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का पक्राउ परे । उनलाई काठमाडौंको बुढानीलकण्ठस्थित एक अपार्टमेन्टमा बसिरहेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले नियन्त्रणमा लिएको थियो।गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरबाट फेला परेको रकमबारे छानबिन गर्न सिआइबीले उनलाई पक्राउ गरेको थियो।हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जलेका नोटका टुक्रा र घटनास्थल वरपरबाट संकलित खरानीको विश्लेषण गर्दै थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
    ‎नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई प्रहरीले बालबालिकासम्बन्धी कसुरमा २०८२ चैत १६ गते बेलुका काठमाडौँको बालुवाटारस्थित उनकै घरबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई पक्राउ गर्‍यो ।
    ‎उनले एक बालिकालाई घरमा राखेर बालश्रम शोषण गराएको आरोप लागेका थियो । ६ वर्षदेखि सांसद शर्माको घरमा काम गरेकी बालिकाले आफूमाथि कुटपिट हुने गरेके बताएकी थिइन् । त्यसपछि उनको उद्दार भएको थियो । बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।
    ‎नाबालिकाको अवस्था दयनीय भएको भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो । तर सांसद शर्मा विरुद्ध भने मुद्दा चलेको थिएन । अहिले भने उनी पक्राउ परेकी छिन् ।
    ‎ चैत १७ मा जेनजी आन्दोलन हुँदाका काठमाडौंका सीडीओ छविलाल रिजाल पक्राउ परे । उनलाई पनि कार्की आयोगले करबाही सिफारिस गरेको थियो ।जेनजी आन्दोलनमा दमन गरेपछि उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बहिर्गमन भएका थिए ।
    ‎गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा काठमाडौंका तत्कालीन सीडीओ रिजालले आफूले घुँडाभन्दा तललक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताएका छन् । रिजाल भने सरकारी वकिल कार्यालयबाट हाजिरी जमानीमा रिहा भएका थिए।

    ‎ चैत १९ गते व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको थियो । बिहीबार (चैत १९) दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
    ‎सम्पत्ति शुद्धीकरण अनुसन्धानअघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।
    ‎बालेन सरकारको यो सात दिनमा ७ उच्च पदस्थलाई साढेसातको दसाले भेटेको छ । यसअघिका सरकारका मन्त्रीहरलाई पद सम्हालेपछि बधाई र फूलमाला थाप्न एकहप्ताले पुग्दैन थियो । यो पटकका गृहमन्त्री गुरुङलाई भने एक्सनलिन १२ घण्टा कुर्न परेन । आफू मन्त्रालयको सोफामै सुतेरै सात दिनमा उनले सात उच्चपदस्थलाई कानुनी दायरामा ल्याउँदै राज्यले कानुनभन्दा माथि कोही छैन भन्ने सन्देश दिइसकेका छन् ।
    गृहमन्त्री गुरुङको पहिलो साताको कदमले सुशासन र कानुनी शासनप्रति आशा जगाएको छ, यो सुरुवात हो, अझै उनी कसरी अघि बढ्छन् त्यो हेर्न लाएक हुनेनै छ ।

    प्रतिक्रिया दिनुहोस्