images
  • २५ वर्ष कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका फरार कैदी जलारी पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक ४, मंगलवार १७:४४ गते
    images
    images
    images

    पोखरा। कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका फरार कैदी सन्तोष जलारीलाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला कास्की कारागारमा कैद भुक्तान गरिरहेका जलारी गत असोज ३१ गते राति कारागारबाट फरार भएका थिए। उनी फरार भएलगत्तै प्रहरीले विशेष टोली परिचालन गरी तीव्र रूपमा खोजतलास अघि बढाएको थियो।

    खोजतलासकै क्रममा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जलारीलाई २०८३ कात्तिक ३ गते पोखरा महानगरपालिकास्थित पृथ्वीचोकमा रहेको न्यू झरना गेस्ट हाउसबाट नियन्त्रणमा लिएको हो।

    पक्राउ परेका उनीमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्