• तेल बजार प्रभावित पार्न ‘फेक न्युज’ फैलाइएको छ – इरान

    • chautaripatrika chautaripatrika
    • २०८२ चैत्र १०, मंगलवार ००:२५ गते
    images

    इरानका सभामुख मोहम्मद-बाघेर गालिबाफले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नभएको भन्दै ट्रम्प प्रशासनको दाबीलाई खण्डन गरेका छन्।

    केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र ज्वाइँ जेरेड कुश्नरले इरानी सभामुख गालिबाफसँग वार्ता गरिरहेको खबर सार्वजनिक गरेपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन्।

    गालिबाफको आधिकारिक भनिएको एक्स अकाउन्टमार्फत सार्वजनिक गरिएको सन्देशमा यी खबरहरूलाई फेक न्युजको संज्ञा दिइएको छ। उनले विश्वव्यापी तेल बजारलाई आफ्नो अनुकूल बनाउन र मूल्यमा चलखेल गर्नका लागि अमेरिकाले यस्तो नियोजित झुटो सूचना फैलाएको आरोप लगाएका छन्।
    गालिबाफले अगाडि भनेका छन्, ‘इरानी जनताले अहिले वार्ता होइन, आक्रमणकारीहरूलाई कडा र पश्चात्तापपूर्ण सजाय दिनुपर्ने माग गरिरहेका छन्।’

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग धेरै बुँदामा सहमति भएको र इरान आफैँले फोन गरेर सम्झौताको इच्छा देखाएको दाबी गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्