• कतार हेलिकोप्टर दुर्घटना : छ जनाको मृत्यु

    • chautaripatrika chautaripatrika
    • २०८२ चैत्र ८, आईतवार १५:२५ गते
    images

    कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । कतारको गृह मन्त्रालयका अनुसार दुर्घटनामा परेका सात जनामध्ये छ जनाको शव फेला परेको हो । बेपत्ता भएका एक जनाको खोजी कार्य अझै जारी रहेको छ ।

    मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत उद्धार टोलीले कतारको समुद्री क्षेत्रमा शवहरू फेला पारेको जानकारी दिएको छ । हराइरहेका व्यक्तिको खोजीका लागि विशेष टोलीले तीव्र रूपमा काम गरिरहेको छ ।

    मन्त्रालयले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । कतारको रक्षा मन्त्रालयका अनुसार यो दुर्घटना प्राविधिक गडबडीका कारण भएको हो ।

    उद्धार र खोजी कार्यलाई मन्त्रालयले प्राथमिकताका साथ अगाडि बढाएको अल जजीरालेे जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्