प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगले अब दलहरूले प्राप्त गरेको सदर मतका आधारमा सिट बाँडफाँड प्रक्रिया सुरु हुने जनाएको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दलहरूले प्राप्त गरेको मतको आधारमा समानुपातिक सिट निर्धारण गरिनेछ। सिट तय भएपछि सम्बन्धित दलहरूले तीन दिनभित्र समानुपातिकतर्फको बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट आफ्नो सिफारिस आयोगमा पठाउनुपर्नेछ।
उनले भने, “दलहरूको सिफारिस प्राप्त भएपछि आयोगले त्यसको प्रमाणीकरण गर्नेछ।” प्रमाणीकरणपछि निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत ११० जना सांसदलाई निर्वाचित प्रमाणपत्र प्रदान गर्नेछ। यससँगै प्रतिनिधिसभामा समानुपातिक सांसदहरूको प्रतिनिधित्व औपचारिक रूपमा सुनिश्चित हुनेछ।

Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्