• images

    लागू औषधसहित तीन जना पक्राउ

    • Chandra Dahit Chandra Dahit
    • २०८२ फाल्गुन २७, बुधबार ११:३१ गते
    images

    काठमाडौं । बाराको निजगढ नगरपालिका-११ रतनपुरबाट १२ किलो २३० ग्राम लागू औषध (गाँजा) सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका-१९ ईनर्वा सिराहा बस्ने ३५ वर्षीय फिरोज देवान र रौतहट गौर नगरपालिका-९ बस्ने १९ वर्षीय तरबेज आलम रहेका छन् ।

    अस्थायी प्रहरी पोस्ट रतनपुरबाट खटिएको प्रहरीले ग.६प८८५१ नम्बरको मोटरसाइकलमा सवार फिरो जलाई ६ किलो ४५० ग्राम र मधेस प्रदेश ०३-०३८ प१२०९ नम्बरको मोटरसाइकलमा सवार तरबेजलाई ५ किलो ७८० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

    चितवन, भरतपुर महानगरपालिका-१८ लाहुरे चोकबाट नियन्त्रित लागू औषध ट्रामाडोल २२० ट्याब्लेट सहित सोही महानगरपालिका-२३ जगतपुर बस्ने २९ वर्षीय सोम पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्