• मुगु रास्वपाको बाचापत्र सार्वजनिक : डिजिटल जिल्लाको परिकल्पना

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन १४, बिहीबार १९:०५ गते
    images

    राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ ।

    फागुन २१ गते हुने प्रतिनिसभा सदस्यको चुनावको लागि मुगु रास्वपा पार्टीका उम्मेदवार भुवन टमाटाले चुनावी बाचापत्र सार्वजनिक गरेका छन् ।
    बाचापत्रमा हरेका गाउपालिकामा उच्च गतिको इन्टरनेट सामुदायिक वाइफाइ जोन डिजिटल साक्षरता अभियान संचालन गर्ने वाचापत्रमा उल्लेख गरिएको छ ।

    यस्तै, उच्च गतिको इन्टरनेट स्टारलिंक उपग्रह आधारिरत सेवा प्रदान गरिने, युवाहरुलाई ग्राफिक डिजाइन कन्टेन्ट राइटिंग प्रोगामिंङ डाटा इन्ट्रीमा सहभागी गराइने, बिकट बस्तीका नागरिकलाई सस्तो दरमा इन्टनेट र मोवाइल सेवा उपल्बध गराइने वाचापत्रमा उल्लेख गरिएको छ ।

    यस्ता छन रास्वपाका बाचाहरु
    १ लाइफलाइन स्वास्थ्य हेलिकप्टर सेवा ।
    २ स्मार्ट स्वास्थ्य केन्द्र स्थापना ।
    ३ मुगु जिल्ला अस्पतालको समग्र बिकास ।
    ४ मानसिक स्वास्थ्य सेवा संचालन ।
    ५ रारा एडभेन्चर स्पोर्ट एकेडमी स्थापना ।
    ६ प्रत्येक गाउपालिकामा खेलमैदान ।
    ७ बिद्यालय खेल क्रान्ति ।
    ८ मुगु चेली कार्यक्रम ।
    ९ खेलकुद र पर्यटन एकिकरण ।
    १० प्रतिभा खोज र बिकास कार्यक्रम ।
    ११ सास्कृति र शिक्षा केन्द्र ।
    १२ पबित्र प्राकृतिक संरक्षण केन्द्र ।
    १३ चाडपर्वको संरक्षण र सहभागीता ।

    प्रतिक्रिया दिनुहोस्