• images

    निर्वाचन प्रहरीमा भर्ना हुन युवा लालायित

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २५, शुक्रबार १३:४० गते
    images

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी(म्यादी प्रहरी) भर्ना प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ।

    निर्वाचन प्रहरी (म्यादी प्रहरी) मा भर्नाका लागि पुस २५ गते शुक्रबारदेखि दरखास्त प्रक्रिया सुरु भएको हो। दरखास्त प्रक्रिया सुरु भएसँगै निर्वाचन प्रहरीमा भर्ना हुने युवाहरुको आकर्षण देखिएको छ।

    दरखास्त प्रक्रिया सुरु भएको पहिलो दिन नै तोकिएको स्थानमा फारम भर्ने युवाहरुको उपस्थिति उल्लेख्य देखिएको छ। निर्वाचन प्रहरीमा भर्ना हुन पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्मको समय तोकिएको छ।

    प्रहरीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजार ९ सय ८० जनाको संख्यामा निर्वाचन प्रहरी माग गरेको छ।

    नियुक्ति पाएको मितिले ४० दिन निर्वाचन प्रहरीको कार्य अवधि रहने र सरकारले निर्वाचन अवधिको आधारमा निर्वाचन प्रहरीको कार्यअवधि हेरफेर गरे सोहिबमोजिम हुने नेपाल प्रहरीले जनाएको छ।

    सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको शुरू तलब स्केल बराबर पारिश्रमिक प्रदान गरिने बताइएको छ। प्रतिधिसिभाको निर्वाचन आगामी फागुन २१ गते हुँदै छ।

    प्रतिक्रिया दिनुहोस्