कञ्चनपुरको बेदकोट नगरपालिकाबाट प्रहरीले भारी मात्रामा लागूपदार्थ खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका वडा नं. १० स्थितबाट १४.६९० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ६ बस्ने ३२ वर्षीय उद्धव साहु, सोही ठाउँका ३२ वर्षीय महेन्द्र चन्द र वडा नं. ३ बस्ने ३० वर्षीय मुकेश मल्ल रहेका छन्।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले असोज २६ गते उनीहरूलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट १४.६९० ग्राम खैरो हेरोइनका साथै ४ थान मोबाइल, १ थान ल्यापटप र नगद २०,५०० समेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरका सह-प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जिवन निरौलाले जानकारी दिएका छन्।


chautaripatrika 


















प्रतिक्रिया दिनुहोस्