नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैडाकोटस्थित सामुदायिक वनमा रहेको चिहानबाट शव निकालेको आरोपमा एक जना पक्राउ परेका छन्। असोज २४ गते गैँडाकोट नगरपालिका ४ रानीताल बस्ने ४९ वर्षीया कनिमाया गुरुङको मृत्यु भएको थियो। गुरुङको शव गैडाकोट सामुदायिक वनमा खाडल खनी पुरेर आफन्तले अन्तिम संस्कार गरेका थिए।
त्यसको दुई दिनपछि असोज २६ गते बिहान ७ बजे आफन्त समाधीस्थलको माटो लिन जाँदा शव निकालिएको अवस्थामा आफन्तले फेला पारेका थिए। आफूहरुले पुरेको शव खाडलमा खुल्ला अवस्थामा रहेको भन्दै उनीहरूले अनुसन्धान गरी कारबाहीको माग गर्दै नवलपरासी पूर्व प्रहरीमा सूचना दिएका थिए।
त्यसपछि खटिएको प्रहरीले अनुसन्धान गर्दा तनहुँ देवघाट गाँउपालिका ५ घर भई गैडाकोट नगरपालिका ४ रानीताल बस्ने ३१ वर्षका शिव भन्ने शक्ति परियारले शव बाहिर निकालेको खुलेको थियो।
परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धानका लागि जिल्ला अदालतले पहिलो पटक ७ दिनको म्याद दिएको प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्