images
  • प्राचार्य कुटपिट प्रकरणमा दुईजना पक्राउ 

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २५, आईतवार २१:४१ गते
    images
    images
    images

    बुढानीलकण्ठस्थित बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुईजना पक्राउ परेका छन् ।

    प्राचार्य विनोद पण्डित आफ्नो विद्यालयको प्राङ्गणमा पिटिएका थिए । भर्नासम्बन्धी विवादलाई लिएर उनीमाथि हातपात गर्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरेलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

    भर्नासम्बन्धि विवादमा प्राचार्य पण्डितले म्याद सकिएको जवाफ दिएपछि विवाद भएको भनिएको थियो । सोही विवादलाई लिएर कुटपिट गरिएको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

    सार्वजनिक भएको भिडिओ फुटेजमा प्राचार्य पण्डितसँग एक युवकले विवाद गरिरहेको देखिन्छ । कुरा नमिलेपछि युवकले प्राचार्यलाई मुक्का र लात्तिले प्रहार गरेका छन् ।

    शिक्षा तथा खेलकुद मन्त्रालयले गृह मन्त्रालयसँगको समन्वयमा उनीहरूमाथी कारबाही प्रक्रिया अघि बढाएको हो । शैक्षिक संस्थामा हुने यस्ता गतिविधि कुनै पनि हालतमा सह्य नहुने मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्