• images

    वर्तमान सरकार निर्वाचन गराउन असक्षम:उपेन्द्र यादव

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १४, सोमबार १८:५८ गते
    images

    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार निर्वाचन गराउन असक्षम रहेको बताएका छन्।

    सोमबार पार्टीले जनकपुरमा आयोजना गरेको जनप्रदर्शन तथा विरोध सभामा अध्यक्ष यादवले जसपा नेपाल हरेक किसिमले निर्वाचनमा जान तयार रहेको तर हालको सरकार निर्वाचन गराउन असक्षम रहेको बताएका हुन्।

    मधेश आठ जिल्ला मात्र नभई २२ जिल्लासम्म फैलिएको भूगोल भएको उल्लेख गर्दै उनले तत्काल संविधान संशोधन गरी प्रदेशहरूको पुनर्संरचना गर्नुपर्नेमा जोड दिए। संविधान पुनर्लेखन नभएसम्म जसपा नेपाल संघर्षमै रहने उनको भनाइ छ।

    त्यस्तै उनले चरम निराशा भएपछि युवाहरु विद्रोहमा उत्रिएको भन्दै जेनजी आन्दोलनपछि बनेको सरकारले पनि अहिले युवाहरुलाई झुक्काउने प्रयास गरेको बताए।

    उनले हालको निर्वाचन प्रणाली अत्यन्त महँगो भएकाले आम नागरिकले पनि चुनाव लड्न सक्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने धारणा राखे।

    महिला, दलित र अल्पसंख्यक समुदाय निर्वाचन लड्न नसक्ने अवस्थामा पुगेकाले उनीहरूका लागि आरक्षित निर्वाचन क्षेत्र व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए।

    प्रतिक्रिया दिनुहोस्