• images

    नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई फर्किन आह्वान

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १३, आईतवार १८:३८ गते
    images

    नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई फर्किन आह्वान गरेको छ। कांग्रेस कार्यसम्पादन समितिको बैठकले पार्टी परित्याग गरेर स्वतन्त्र बसेका र अन्य पार्टी रोजेर उम्मेदवार बनेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेको हो।

    ‘विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने।

    पार्टीका तल्ला कमिटीहरूलाई परिपत्र गरेर त्यसरी फर्किनेहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय कांग्रेसले गरेको छ। बैठकले विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न पनि आह्वानसमेत गरेको छ।

    ‘विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरूलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ,’ कांग्रेसले भनेको छ, ‘आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यावसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय नेपाली कांग्रेस गर्दछ।’

    प्रतिक्रिया दिनुहोस्