• images

    एमाले कोही कसैसँग डराउदैन,महाधिवेशन पनि गर्छ:ओलि

    • chautaripatrika chautaripatrika
    • २०८२ कार्तिक ३०, आईतवार १२:०४ गते
    images

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले चुनावबाट नभाग्ने प्रष्ट पारेका छ्न् ।

    गुण्डुमा प्रेस चौतारीका नेताहरूसँगको छलफलमा उनले अहिले देशलाई शान्ति सुरक्षा चाहिएको बताए ।
    ओलीले भने- कतिपय साथीहरूले चुनावका लागि भाग्ने हैन नेकपा एमाले भनेको सुनिन्छ यो भनिरहनुपर्छ र ? देशको सबभन्दा ठूलो सबभन्दा मजबुत पार्टी चुनावबाट भाग्दैनौं, डराउँदैनौं भनेर लुते कुरा गरिरहनुपर्छ र ? चुनाव भए हामी चुनाव गराउन चाहन्छौं । तर, यत्रो हतियार बाहिर, यत्रा अपराधी बाहिर । यस्तो असंवैधानिक सरकारसँग चुनाव गराउने के को हक छ ? सबैका लागि देशका लागि विघटित प्रतिनिधिसभाको तत्काल पुन:स्थापना हुनुपर्छ ।
    ओलीले एमालेले कोही कसैसँग नभाग्ने/नडराउने भन्दै महाधिवेशन पनि गर्ने र जनप्रदर्शन पनि गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्