नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनका विषयमा पार्टीभित्र देखिएको विवाद मिलाउन सक्रिय भएका छन् । सिंगापुरमा १८ दिन स्वास्थ्योपचार गरेर शुक्रबार राति फर्किएका देउवाले शनिबारदेखि पार्टीभित्रको महाधिवेशनसम्बन्धी विवाद मिलाउन नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका हुन् ।
उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएकाले औपचारिक रूपमा नभई अनौपचारिक रूपमा विवाद मिलाउन देउवाले सक्रियता देखाएको एक नेताले जानकारी दिए ।
देउवालाई शनिबार बिहान कार्यवाहक सभापति खड्काले एक महिना लामो केन्द्रीय समिति बैठकमा भएको छलफल र महाधिवेशनका सन्दर्भमा देखिएको विवादबारे जनकारी गराएका थिए । देउवा निकट स्रोतका अनुसार त्यसपछि देउवाले पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायतका नेतालाई भेटेका थिए ।


chautaripatrika 


















प्रतिक्रिया दिनुहोस्