• images

    जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा रत्नपार्कमा दीप प्रज्वलन

    • chautaripatrika chautaripatrika
    • २०८२ आश्विन ४, शनिबार १९:४० गते
    images

    नेपाली कांग्रेस काठमाडौं महानगर समितिले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा शनिबार दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
    शान्तिबाटिका रत्नपार्कमा आयोजित कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरेका थिए ।
    कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंमा रहेका नेता, कार्यकर्ताका साथै पार्टीका महामन्त्री गगन थापाको समेत उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्