• पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि मेयर राजेशमान सिंह पक्राउ

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १९, मंगलवार २०:१० गते
    images

    वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्साको ठोरीबाट मेयर सिंहलाई पक्राउ गरेको हो ।

    पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा मंगलबार बिहान मेयर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीविरूद्ध जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्