images
  • हेलिकप्टर दुर्घटना अपडेटः मृतकको पहिचान खुल्यो, घाइतेलाई काठमाडौँ ल्याइयो

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १८, मंगलवार १२:४५ गते
    images

    विराटनगर । सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ ।

    ल्यान्ड गर्ने क्रममा दुईवटा हेलिकोप्टर एक आपसमा ठोक्किँदा वसन्तकुमार बलरा माडुको मृत्यु भएको छ । उनी भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

    यस्तै, दुर्घटनमा शैलेश किसान पट्टेल घाइते भएका छन् । यस्तै, फिस्टेल एयरका पाइलट पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस्