• images

    निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १७, बिहीबार २२:४९ गते
    images

    सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली गठन गरेको छ।

    गत भदौ २३ र २४ गते भएका घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने, संविधान संशोधन गरी राष्ट्रियसभा र प्रदेश संरचना खारेज गर्नुपर्ने तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्नुपर्नेलगायत पाँचबुँदे माग राख्दै १० दिनदेखि अनसन बस्दै आउनुभएका डा भुसालसँग वार्ता गर्न सरकारले आज प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।

    वार्ता समितिको सदस्यमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल छन्।

    माइतीघर मण्डलामा अनशन बस्दै आएका डा भुसालको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ। बुधबार नै गृहमन्त्री ओमप्रकाश अर्याल वीर अस्पताल पुगी अनशनरत डा भुसालको स्वास्थ्यावस्थाबारे जानकारी लिएका थिए।

    महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित १५औं महाधिवेशन स्थगित गरेर अबको विकल्प विशेष महाधिवेशन रहेको बताएका थिए।

    प्रतिक्रिया दिनुहोस्