संखुवासभा । संखुवासभाको चैनपुरमा श्रीमानले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।
जिल्लाको चैनपुर नगरपालिका– १, नुनढाकी थर्पु भन्ने ठाउँमा आज (बुधबार) बिहान करिब ९ बजेतिर स्थानीय ४८ वर्षीय रिन्जे शेर्पाले आफ्नै श्रीमती ४९ वर्षीया मिङमाछेकी शेर्पाको कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।
उनका अनुसार, रिन्जेले मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बताएको प्रहरीको भनाइ छ ।
उक्त घटनाको जानकारी प्राप्त हुनासाथै नुनढाकी प्रहरी चौकीबाट प्रसनि विष्णुबहादुर कटवालको कमान्डमा चारजनाको टोली गई निज रिन्जेलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमान्डमा टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


chautaripatrika 














प्रतिक्रिया दिनुहोस्