काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका डेभिड मलानले पहिलो अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्ग्सविरुद्ध ब्याटिङ गरिरहेका मलानले ४१ बलमा ५० रन पूरा गरेका हुन्। उनको अर्धशतकमा पाँच चौका र तीन छक्का सामेल छन्।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले समाचार तयार पार्दासम्म १२ ओभरमा दुई विकेट गुमाएर ८८ रन बनाएको छ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्