दाङमा प्रहरीले भारी मात्रामा लागूपदार्थ ब्राउन सुगर, डिजिटल तराजु र नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। घोराही उप-महानगरपालिका वडा नं. ०९ चैनपुर बस्ने २३ वर्षीय सुरेन्द्र बहादुर घर्ती मगरले आफ्नै घरमा ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय नारायणपुर र अस्थायी प्रहरी पोष्ट बसपार्क घोराहीको संयुक्त प्रहरी टोलीले असोज २६ गते राति करिब १९:०० बजे सुरेन्द्र बहादुरको घरमा तलासी लिएको हो। तलासीका क्रममा सुरेन्द्र घर्ती मगर र सोही उपमहानगरपालिका वडा नं. १८ मसिना बस्ने २४ वर्षीय अरुण घर्ती मगरलाई नियन्त्रणमा लिइएको छ।
उनीहरूको शरीर खानतलासी गर्दा १२ वटा पुडियामा राखिएको ३७ ग्राम २३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। साथै उनीहरूको साथबाट विभिन्न दरका नगद ७९,५०० रुपैयाँ, २ थान एन्ड्रोइड मोबाइल र १ थान डिजिटल मेसिन (तराजु) समेत बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई दाङ जिल्ला अदालत घोराहीबाट १२ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.ले जानकारी दिएका छन्।


chautaripatrika 


















प्रतिक्रिया दिनुहोस्